मोटरसाइकल दुर्घटनापछि क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ-Sutra News

मोटरसाइकल दुर्घटनापछि क्षतिपूर्ति माग गर्दै प्रहरी कार्यालय घेराउ

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

कञ्चनपुर–महाकाली नगरपालिका–६ मा मोटरसाइकल सवारी दुर्घटनामा परी मृत्यु भएका सागर बमको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्। स्थानीयवासीले दुर्घटनामा मृत्यु भएका युवकका परिवारलाई क्षतिपूर्ति माग्दै शनिबार दिनभर इलाका प्रहरी कार्यालय घेराउ गरेका छन्।



मृतक बमको शवसहित क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन्। महाकाली–६ मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु भएको थियो। बम महाकाली–१ का बासिन्दा हुन। स्थानीयवासीले प्रहरी कार्यालय घेराउसहित नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन्। मोटरसाइकलमा सवार अर्का कुमार बुढा घाइते छन्। भारतीय नम्बरको युके (६एएफ ८४२६ नंको मोटरसाइकल युके (६ए)६ए ५८१२ नंको मोटरसाइकलसित ठोक्किएको थियो।

मोटरसाइकल ठोक्किएपछि बम बेहोस भएका थिए। उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको थियो। उनीसँगै मोटरसाइकलमा सवार बुढाको खुट्टा भाँचिएको छ।

समस्या समाधानका लागि छलफल

सवारी दुर्घटनामा परी ज्यान गुमाएका युवकलाई क्षतिपूर्ति माग्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि अहिले छलफल सुरु भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक लालबहादुर बमले बताए। इलाका प्रहरी कार्यालय दोधारामा मृतक युवकका आफन्तसहित जनप्रतिनिधि र प्रहरीबीच समाधानका लागि छलफल सुरु गरिएको छ ।

छलफलमा नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१ का अध्यक्ष अर्जुनदत्त भट्ट, दिलबहादुर सिंह, प्रहरी निरीक्षक बमलगायत छलफलमा बसेका छन् । स्थानीयवासीले मृतक युवकका परिवारका लागि रु सात लाख क्षतिपूर्तिको माग गरेका छन् ।

सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा भदौ ७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिइएको बताए।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ मा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट