कोरोना सङ्क्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु-Sutra News

कोरोना सङ्क्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

वीरगञ्ज–कोरोना सङ्क्रमणका कारण वीरगञ्जमा थप एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ बस्ने ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



सङ्क्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा शनिबार राति साढे ७ बजे मृत्यु भएको हो।

गत साउन २२ गते ती महिलाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

ज्वरो खोकी, थाइराइड तथा स्वासप्रस्वासमा सम्स्या रहेकी ती महिलालाई साउन २४ गतेदेखि नै आइसीयूमा भर्ना गरेर उपचार हुँदै आएकोमा पछिल्लो १२ घण्टादेखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट