मनमैजु हत्यामा संलग्न थुनुवासँगै सम्पर्कमा आएका सात प्रहरीलाई देखियो कोरोना-Sutra News

मनमैजु हत्यामा संलग्न थुनुवासँगै सम्पर्कमा आएका सात प्रहरीलाई देखियो कोरोना

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं– महानगरीय प्रहरी परिसर महाराजगञ्ज वृत्तका एक थुनुवासँगै उनीसँग सम्पर्कमा आएका सात प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



गत साउन ३० गते काठमाडौंस्थित मनमैजुमा नुवाकोटका लक्ष्मण तामाङलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

एक खाजा घरमा विवाद हुँदा तामाङमाथि चक्कु प्रहार भएको थियो। घाइते अवस्थामा अस्पताल लगिएका तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थियो। लगत्तै छुरा प्रहार गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेर महाराजगञ्ज वृत्तमा राखेको थियो।

प्रहरीले अहिले पक्राउ गरेको व्यत्तिलाई थुनामा लग्नुअघि कोरोनाको पिसिआर टेष्ट गराउने गर्छ। टेष्टको रिजल्ट पोजिटिभ आएको महानगरीय प्रहरी परिसर टेकुका प्रवत्ता एवम् एसपी सोमेन्द्र राठौरले बताए।

राठौरका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीसँग सम्पर्कमा आएका सात जना प्रहरीमा समेत संक्रमण देखिएको छ। ‘अहिले थुनुवाबाटै प्रहरीमा कोरोना सर्ने रिस्क बढेको छ,’ राठौरले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट