दाङमा एकै घरका आठ जनामा कोरोना सङ्क्रमण-Sutra News

दाङमा एकै घरका आठ जनामा कोरोना सङ्क्रमण

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

नारायणपुर- दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए।



सङक्रमित हुनेमा पाँच वर्र्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन्। शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका उनले बताए। सङक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ। क्वारेन्टीनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटिएको हो। शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट