काठमाडौं–कोरोना भाइरसको संक्रमणबाट कांग्रेस नेताको निधन भएको छ। काठमाडौं वडा २१ का गोविन्द रञ्जितको कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा उपचारका क्रममा निधन भएको हो।
उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ। १३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतवारमात्र अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ। उनको उपचारको क्रममा आज राति मृत्यु भएको हो।
रञ्जित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन्। कांग्रेस काठमाडौं–२ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको निधनको पुष्टि गरेका छन्।