काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा रुखका हागाबिगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो। प्राधिकरणका अनुसार बुधबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ।
प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सितापाइला, इचगुँनारायण, पद्यमा कोलेनी, भिमढुङ्गा, नर्सरी भन्ज्याङ, छत्रे देउरालीलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ। प्राधिकरणले ती स्थानमा विद्युत् काटिदा उपभोक्तालाई परेको असुविधाप्रति क्षमा मागेको सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिइन्। प्राधिकरणले समय अगावै काम सकिए लाइन पुनः सञ्चालनमा आउने जनाएको छ।