कसरी फैलियो कुलमानलाई पुनः नियुक्त गरेको ‘फेक’ खबर ?-Sutra News

कसरी फैलियो कुलमानलाई पुनः नियुक्त गरेको ‘फेक’ खबर ?

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नुपर्ने दबाबमूलक अभियान समाजिक सञ्जालमा अहिले चलिहरको छ।



यही दबाबकाबीच मंगलबार सामाजिक सञ्जालमा एक्कासी एउटा खबर व्यापक फैलिरहेको छ- विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिने सरकारको निर्णय। धेरैले कुलमानको पुनः नियुक्ति भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिए भने कतिपयले उनलाई नियुक्त गरेकोमा सरकारलाई पनि धन्यवाद दिइरहेका छन्।यसरी समाजिक सञ्जालमा बधाईसहित स्टाटस राख्नेहरुमा सर्वसाधारणमात्रै होइनन्, धेरैजसो कलाकार पनि अगाडि देखिएका छन्। तर, हल्ला फैलिएजस्तो कुलमानको नियुक्तिको विषयमा मन्त्रिपरिषद्को कुनै निर्णय अहिलेसम्म औपचारिकरुपमा बाहिर आएको छैन।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेका अनुसार मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा घिसिङको पुनःनियुक्तिबारे कुनै प्रस्ताव लगिएको छैन। ‘मैले पनि यो हल्ला सुनिरहेको छु। तर, मन्त्रालयबाट त्यस्तो कुनै प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन,’ उनले सूत्रन्युजसँग भने।

त्यसो त कुलमानलाई पुनः नियुक्त गनुपर्ने सामाजिक सञ्जालको दबाबमूलक अभियानमा कलाकारहरुसमेत बिहानैदेखि लागिपरेका थिए। कलाकारहरु करिष्मा मानन्धर, मनोज गजुरेल, स्वस्तिमा खड्कालगायत धेरै कलाकारले कुलमानलाई विद्युत प्राधिकरणमा निरन्तरताको माग गर्दै स्टाटस लेखेका थिए।

बिहानदेखि दबाबमूलक अभियान चलिरहेका बेला साँझ एक्कासी कुलमान नियुक्तिको झुठो हल्ला कसरी फैलियो त? खोज्दै जाँदा तथ्य यस्तो रहेछ।

सबैलाई झुक्याएको स्टाटस
बाहिर हल्ला भएजस्तै मंगलबार मन्त्रिपरिषदको बैठक बस्यो। त्यो बैठक बस्नुभन्दा करिब एक घण्टा अगाडि कलाकार दीपकराज गिरीले ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ’ भन्ने स्टाटस फेसबुकमा राखे।

गिरीले आफ्नो स्टाटसको अन्तिममा नै यो सत्य होइन भन्ने आशयसहित लेखेका थिए, ‘सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन…।’

गिरीको आशय नबुझेर धेरै झुक्किए। करिब ५ सयभन्दा धेरैपल्ट यो स्टाटस सेयर भयो। धेरैले दीपकको पछिल्लो वाक्य ख्याल गरेनन्, अघिल्लो वाक्यकै आधारमा उनका प्रशंसकहरुले बधाई दिन थाले। हुँदाहुँदा मन्त्रिपरिषदले साँच्चिनै निर्णय गरेको ठानेर कलाकारहरु धिरेन शाक्य, सिताराम कट्टेल, बुद्धि तामाङ, रमिला न्यौपानेलगायत धेरैले समेत कुलमान नियुक्त भएको भन्दै बधाई दिए।

स्वभाविकरुपमा कलाकारका प्रशंसक अथवा फलोअर्स बढी हुन्छन्। उनीहरुलाई सर्वसाधारणले विश्वास गर्छन्। कुनै पनि कुरा उनीहरुमार्फत् छिटो फैलने सम्भावना पनि हुन्छ। कुलमानका हकमा पनि यही भइदियो।सामाजिक सञ्जालमा धेरै ‘फ्लोवर्स’ भएका कलाकारहरुले नै यस्तो लेखेपछि अरुले पनि उनीहरुको कुरा पत्याए र बधाई दिए। यो झुटो खबर ‘बिजुली’झैँ फैलिएपछि पुनः कलाकार गिरीले लेखे, ‘केही साथीहरू झुक्किरहनुभएको छ। यस्तै निर्णय सरकारले गर्नुपर्छ भनिएको छ, निर्णय भएको छैन। तर केही छैन्, तपाईँहरूको यो चासोले थप दबा सिर्जना गर्नमा मद्दत पुग्नेछ।’

dhurmuss.jpg

kayastha.jpg

dhiren.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट