सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितले थातथलो छाडेका छन्। गाउँमा पहिरोको उच्च जोखिम भएपछि गाउँभन्दा निकै टाढा ११ घण्टा हिँडेर जुगल गाउँपालिका–१ सेलाङमा रहेको बाँसखर्कस्थित सामुदायिक वन क्षेत्रमा आइपुगेका छन्।
२९ साउनको बिहान आएको भीषण पहिरोले लिदीवासीले ३९ छिमेकी र परिवारका सदस्यका थिए।
जुगल गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले लिदी पहिरोमा विस्थापित भएकाहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्न सेलाङको बाँसखर्क सामुदायिक वन नै उपयुक्त भएको निष्कर्ष निकालेपछि अहिले विस्थापितहरू यहाँ आउन थालेका छन्।