मुख्यमन्त्री शंकर पोखरेको सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि-Sutra News

मुख्यमन्त्री शंकर पोखरेको सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

बुटवल–प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिदै आएका तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ। मुख्यमन्त्री पोखरेलको स्कटिङमा खटिने एकजना हवल्दारसहित तीन जना शुरक्षाकर्मीमा कोरोना पुष्टि भएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।



बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको बताए। मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको पीसीआर स्वाब परीक्षण गर्ने क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतितसिंह राठौरले जानकारी दिए।

यसअघि ५ दिनअघि पनि इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा संक्रमण देखिएको थियो। उनीहरु सबैजनालाई बुटवलको देविनगरस्थित एन्फा एकेडेमीमा रहेको आइसोलेशनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट