राजश्व छलीका झण्डै दुई लाखको सामान बरामद-Sutra News

राजश्व छलीका झण्डै दुई लाखको सामान बरामद

बुधबार, १० भाद्र २०७७

बुधबार, १० भाद्र २०७७

कञ्चनपुर–कञ्चनपुरको महाकाली नगरपालिका–१ गढीगोठ क्षेत्रबाट मङ्गलबार प्रहरीले राजश्व छलेर ल्याउँदै गरेको रु एक लाख ९२ हजार मूल्य बराबरको सामान बरामद गरेको छ। सीमा सुरक्षा तैनाथ सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको किराना र हार्डवेयरको सामान बरामद गरेको हो।



दुई मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गरिएको सशस्त्र प्रहरी शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।

तस्करहरु सशस्त्र प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छाडेर भागेको उहाँको भनाइ छ। बरामद सामान र मोटरसाइकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट