रूपन्देही- बुटवलमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ।
कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका हुन्।
डा.थापाका अनुसार गतहप्ता कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको थियो।