काठमाडौं-कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको छ।
पाटन अस्पतालको आइसियूमा उपचाररत ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।