वीरगञ्जमा गर्भवतीसहित दुई जनाको कोरोनाबाट मृत्यु-Sutra News

वीरगञ्जमा गर्भवतीसहित दुई जनाको कोरोनाबाट मृत्यु

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

वीरगञ्ज–पेटमा ३३ हप्ताको बच्चा भएकी गर्भवतीसहित वीरगञ्जमा दुई जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ।



नारायणी अस्पतालका डा.उदय नारायण सिंहका अनुसार पेटमा ३३ हप्ताको बच्चा भएकी हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको कोरोनाबाट निधन भएको छ। भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो। २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन। उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भयो।

त्यसैगरी पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। नारायणी अस्पतालका सूचना अधिकारी डा.अतुलेश चौरसियाले दिएको जानकारी अनुसार उनी पनि भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका भएका थिए। निमोनियासमेत देखिएको उनको उपचारका क्रममा निधन भएको हो।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट