झापामा झडप : स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरीले छाड्यो अब्दुल र ताजबुललाई-Sutra News

झापामा झडप : स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरीले छाड्यो अब्दुल र ताजबुललाई

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- झापामा गोरु काटेको अभियोगमा बुधबार पक्राउ परेका स्थानीय ५२ वर्षीय अब्दुल सलाम र ५२ वर्षीय ताजबुल हकलाई प्रहरीले छाडेको छ।



उनीहरूलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए। सूत्रन्युजसँग कुराकानी गर्दै उनले भने, ‘पक्राउ परेका अब्दुल सलाम र ताजबुल हकलाई स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडेका हौं।’

बुधबार दिउँसो साढे १२ बजे कटुवामारीबाट प्रहरीले गोरु काटेको अभियोगमा उनीहरू पक्राउ परेका थिए। उनीहरूलाई स्थानीय इलाका प्रहरी कार्यलयबाट मुद्दा थप तथा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय झापा लैजाने क्रममा स्थानियवासीले घेराउ गरेका थिए।

झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट