पोखरामा कोरोना संक्रमणबाट ३२ वर्षिया महिलाको मृत्यु-Sutra News

पोखरामा कोरोना संक्रमणबाट ३२ वर्षिया महिलाको मृत्यु

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

पोखरा– कास्कीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा बिहिबार मृत्यु भएको हो।



पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्।

आचार्यका अनुसार गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको थियो। सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जना सङ्क्रमितको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ।

गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा, तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक÷एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट