नेता धनराज गुरुङको प्रश्न : पूजारीकोभन्दा सरकारको पक्षमा प्रदर्शन भएको भए उर्दी जारी हुन्थ्यो ?-Sutra News

नेता धनराज गुरुङको प्रश्न : पूजारीकोभन्दा सरकारको पक्षमा प्रदर्शन भएको भए उर्दी जारी हुन्थ्यो ?

बिहिबार, ११ भाद्र २०७७

बिहिबार, ११ भाद्र २०७७

काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले हनुमान मन्दिरका पूजारी श्रीराम साहको हत्यारा पत्ता लगाई कारवाहीको माग राखेर भएको विरोध प्रदर्शन रोक्न गृहमन्त्रालयले गरेको उर्दीप्रति टिप्पणी गरेका छन्। बिहीबार ट्वीटरमा लेख्दै नेता गुरुङले सो टिप्पणी गरेका हुन्।



प्रधानमन्त्री केपी शर्मा ओलीले राम मन्दिर बनाउन निर्देशन दिइरहेका बेला ‘रामभक्त’ हनुमान मन्दिरको पूजारीको हत्या लगाउन नसकेको उल्लेख गरेका छन्। उनले सरकारको पक्षमा प्रदर्शन गरेको भए उर्दी जारी हुन्थ्यो ? भन्दै प्रश्न पनि गरेका छन्।

‘राम मन्दिर बनाउन निर्देशन दिने तर हनुमान मन्दिरको पूजारी श्रीराम साहको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले ‘पूजारी साहको हत्यारा पत्ता लगाई कारबाही गर्न’ माग राखेर हुन थालेको विरोध प्रदर्शन रोक्न उर्दी जारी गरेछ। सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो होला?’ गुरुङले ट्वीटरमा लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट