भारतमा कोरोनाबाट एकै दिन ९१ हजार संक्रमित-Sutra News

भारतमा कोरोनाबाट एकै दिन ९१ हजार संक्रमित

आइतबार, २१ भाद्र २०७७

आइतबार, २१ भाद्र २०७७

नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।



योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितहरूको संख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ। संघीय ‘केन्द्रीय’ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ।

कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ। भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना संक्रमित भएका छन्। ती मध्ये ३१ लाख ८० हजार ८६६ जना संक्रमणमुक्त भइसकेका छन्।

अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार ३२० जना अझै पनि संक्रमित अवस्था मै रहेका छन्। भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट