पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित भारतमा-Sutra News

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित भारतमा

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

काठमाडौं- छिमेकी देश भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ७५ हजार संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार एकैदिन १ हजार १२९ जना संक्रमितको मृत्युसमेत भएको छ।



भारतमा हालसम्म ४२ लाख ७७ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन्। यो अमेरिकापछिको ठूलो संख्या हो। त्यस्तै हालसम्म भारतमा ७२ हजार ८ सय बढीको मृत्यु भएको छ।

त्यस्तै पहिलो नम्बरमा रहेको अमेरिकामा हालसम्म ६४ लाख ८५ हजार बढी संक्रमित रहेका छन्। त्यहाँ १ लाख ९३ हजार ५ सय संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा अमेरिकामा करिब ३ सय संक्रमित थपिएको बताइएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा विश्वभरि १ लाख ९६ हजार संक्रमित थपिएका छने भने ३ हजार ७ सय संक्रमितको मृत्यु भएको छ। विश्वभरि हालसम्म २ करोड ७४ लाख ७९ हजार कोरोना संक्रमित रहेका छन्। जसमध्ये १ करोड ९५ लाख ७३ हजाभन्दा बढी संक्रमित निको भइसकेका छन्।

त्यस्तै विश्वभर ८ लाख ९६ हजार संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट