क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो-Sutra News

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

क्यालिफोर्निया- संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ।



क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो।

विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ। विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ।

डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ।

लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायु विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताए। उनले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिए।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपद् घोषणा गरेका थिए। गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट