सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेटवार्ता-Sutra News

सभामुख सापकोटा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच भेटवार्ता भएको छ। चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत जावेदबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट भएको हो। 



सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानव जातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे। 

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे। राजदूत जावेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गरे।

उनले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित कामसमेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट