कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनियाको शंका-Sutra News

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनियाको शंका

बुधबार, ३१ भाद्र २०७७

बुधबार, ३१ भाद्र २०७७

काठमाडौं– कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन्। गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला सोमबार राति काठमाडौंको ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले सूत्रन्युजलाई जानकारी दिए।



तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो। अहिले ज्वरो कम भएको छ।डाक्टरहरूको भनाइ उद्धृत गर्दै तिवारीले महामन्त्रीलाई निमोनिया भएको आशंका गरिएको छ।

 ‘उहाँलाई अहिले नर्मल छ। हिजोराति भर्ना गरिएको हो। ज्वरो आएपछि अस्पताल लिएर गएका हौं, अहिले ज्वरो छैन’ तिवारीले सूत्रन्युजसँग भने। 

डा.कोइरालाले एक गिलास जुस र स्यान्डविच खाएका छन्।  दिउँसो १ बजे लन्च खानेछन्। 

स्वकीय सचिव तिवारीले डा.कोइरालालाई निमोनियाको आशंका भएकाले अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए।  उनले भने, ‘निमोनियाको शंका छ। औषधि चलाइँदैछ।  ३/४ दिन अस्पतालमै राख्छौं।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट