काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा.शशांक कोइरालालाई शीघ्र स्वास्थलाभको कामना व्यक्त गरेका छन्।
सभापति देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै चाँडै स्वस्थ भएर फर्कन पार्टी परिवारका तर्फबाट शुभेच्छा व्यक्त गरेका हुन्।
महामन्त्री कोइरालाको स्वास्थबारे देउवाले नियमित चासो राखेका छन्।
कोरोना भाइरस संक्रमित महामन्त्री होम आइसोलेसनमा बस्दै आएका थिए। कोइरालालाई मंगलबार राति ज्वरो आएपछि ओम अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहेकाडा.विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको र रेमडिसिभर औषधिको प्रयोगले महामन्त्रीको स्वास्थलाई सहज बनाइरहेको छ।