काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्।
सरकारको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रिय सभामा सदस्य पदमा मनोनीत गरेकी हुन् ।
राष्ट्रपतिका सूचना तथा संचार मामिला विज्ञ टीका ढकालले गौतमलाई राष्ट्रिय सभामा नियुक्त गरिएको र यससम्बन्धी राष्ट्रपति कार्यालयको औपचारिक विज्ञप्ति केही बेरमा आउने बताए।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्