रुपन्देही– प्रदेश नं ५ प्रदेशसभाको बैठक आगामी मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको २५ औँ बैठक यही असोज ६ गते अपराह्न १ः०० बजेका लागि बोलाइएको छ ।
बैठक तय भएपछि प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो ।
यसअघि गत साउन १८ गते प्रदेशसभाको छैटौँ अधिवेशनको २४ औँ बैठक बसेको थियो ।