काठमाडौं- कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन्। बिहीबार भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताए।
मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन्। कोरोना भाइरसको संक्रमण देखिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका हुन्।
होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए।
महामन्त्री डा.कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनले भिडियो सन्देश जारी गरेका हुन्।