काठमाडौं- नेपालको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुखले बधाई सन्देश दिएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न २७ देशका राष्ट्र र सरकार प्रमुख र संयुक्त राष्ट्रसंघका महासचिवले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाएका हुन्।
सन्देश पठाउने देशका राष्ट्र र सरकार प्रमुखमा अष्ट्रेलिया, बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया, लक्जमवर्ग र माल्दिभ्स रहेका छन्।
त्यस्तै म्यानमार, नेदरल्याण्ड, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुस, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलंका, क्युवा, इजिप्ट, होली सी र स्विट्जरल्याण्ड रहेका छन्। संयुक्त राष्ट्रसंघका महासचिवले पनि बधाई सन्देश पठाएका छन्।