पार्टीको झण्डा व्यापार-व्यवसायमा प्रयोग भयो, रोकौं : रामचन्द्र पौडेल-Sutra News

पार्टीको झण्डा व्यापार-व्यवसायमा प्रयोग भयो, रोकौं : रामचन्द्र पौडेल

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टसँग प्रतिस्पर्धाका लागि पार्टीको झण्डालाई व्यापारका लागि प्रयोग गर्न रोकेर समाजवादको बहसमा उतार्नुपर्ने बताएका छन्।



गणेशनमान सिंहको स्मृति दिवसका अवसरमा प्रध्यापक बहस चौतारीले आयोजना गरेको भर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामाझमा समाजवादीको खरो व्याख्या गरेर जानुपर्ने बताए।

उनले पार्टीको लोगो र झण्डालाई व्यापार-व्यवसाय गर्नका लागि प्रयोग गर्ने क्रम बढेको बताए। पौडेलले पार्टीका सबै नेता कार्यकर्ताले समाजवादी आचरण र व्यवहार देखाउनुपर्ने बताए।

आगामी चुनाव जित्नका लागि कांग्रेसलाई समाजवादमा खरो उतार्नु आवश्यक भएको भन्दै अब राजनीति जोडघटाउको राजनीति नभई सिद्धान्तको राजनीति आवश्यक भइसकेको बताए। पौडेलले भने, कम्युनिस्टसँग हामी खरो रुपमा बहसमा उत्रनुपर्छ। हाम्रो समाजवाद भनेको हो। राष्ट्रियता यो हो लोकतन्त्रप्रतिको आस्था यो हो। कम्युनिस्टलाई सिद्धानतको बहसमा उतार्न सक्नुपर्छ। कम्युनिस्टको विचार के हो? उनीहरुले अझै पनि झुट बोलिरहेका छन्।’

पौडेलले कम्युनिस्टलाई सिद्धान्तको बहसमा उत्रार्न सकेमात्र कांग्रेसको जीत हुने बताए। उनले भने, ‘सिद्धान्तको लडाई नथाले कम्युनिस्टसँग प्रतिस्पर्धामा उत्रन सकिदैन। उनीहरुसँग पैसा र राज्यसत्ता सबै छ। अब कम्युनिस्टलाई पररास्त गर्न सकिदैन।

पूँजीपति रिसाउँछ कि भनेर मोजाहिल्ला नगरि जनताले बुझ्ने भाषामा समाजवादको व्याख्या गर्नुपर्ने पौडेलको भनाइ थियो। पौडेलले भने, ‘कांग्रेसको समाजवाद भनेको गरिबको हितका लागि हो, दलितको पक्षमा हो, श्रमिकको साथी समाजवाद हो, किसानको विचार समाजवाद हो।’

वरिष्ठ नेता पौडेलले गरिबको हित सुरक्षा नगरि पूँजीपतिको सुरक्षा हुँदैन भन्ने विश्वास पूँजीपतिलाई दिलाउनुपर्ने बताउदै गाँउको विकासले शहरको व्यापार बढ्ने विश्वास दिलाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट