वामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई पेसी तोकियो-Sutra News

वामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई पेसी तोकियो

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- राष्ट्रियसभा सदस्यमा नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकप)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।



वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित आइतबार पेस गरेको निवेदन आज दर्ता भएको हो। उनका अनुसार बुधबारका लागि पेसी तोकिएको छ।

निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट