काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति सहितका चारवटा कार्यसूची तय गरेको थियो।
पहिलो बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे सामान्य छलफलको थियो। नेताहरूले बैठकमा केही नीतिगत सुझाव दिएका थिए।