डा.केसीसँग तत्काल वार्ता सुरु गर्न कांग्रेसको अपिल-Sutra News

डा.केसीसँग तत्काल वार्ता सुरु गर्न कांग्रेसको अपिल

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं– कांग्रेसले अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग अपिल गरेको छ।



कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र प्रा. डा. केसीका माग पूरा गर्दै जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ ले मार्गप्रशस्त गरेकाले वर्तमान सरकारले इमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने जनाएका हुन्।

डा.केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट