तोकिए गौतमको नियुक्ति विरुद्ध सुनुवाई गर्न पाँच न्यायाधीश-Sutra News

तोकिए गौतमको नियुक्ति विरुद्ध सुनुवाई गर्न पाँच न्यायाधीश

बुधबार, १४ असोज २०७७

बुधबार, १४ असोज २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय विरुद्ध परेको रिटबारे सुनुवाई गर्न प्रधानन्यायाधीश सहित पाँचजना वरिष्ठ न्यायाधीश तोकिएका छन्।



गौतमको मनोनयन विरुद्धको रिटको अन्तरिम आदेश आज हुँदैछ। गौतमको मनोनयन विरुद्ध परेको रिटमा सुनुवाइका लागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासमा तोकिएका वरिष्ठ न्यायाधीशहरु हुन्, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा।

गौतमलाई १ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोेनयन गरिएपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले ७ असोजमा गौतमको राष्ट्रिय सभा सदस्य पद यथास्थितिमा राख्दै थप सुनुवाई सम्बैधानिक इजलासमा गर्ने निर्णय सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट