Logo

मंगलवार, कार्तिक ४ गते २०७७

कुलपतिको नयाँ कृतिः घुम्दै फिर्दै अमेरिकामा

कुलपतिको नयाँ कृतिः घुम्दै फिर्दै अमेरिकामा

सूत्र न्यूज

२१ आश्विन २०७७
  • 146
    SHARES
  • कुलपतिको नयाँ कृतिः घुम्दै फिर्दै अमेरिकामा

    काठमाडौं- नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ। शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो।

    कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दश दिन’ (नियात्रा), ‘देश देशान्तर’ (नियात्रा) र ‘चक्रव्यूह’ (कविता) लगायत १२ कृति प्रकाशित छन्।

    ‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्रा कृतिभित्र नियात्राकार उप्रेतीले विसं २०६६ मा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूति समेटिएका छन्।

    जम्मा २० शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिवृत्त उतारिएको छ।


    प्रकाशित :आश्विन २१, २०७७ बुधवार - ०९:५३:०४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.