Logo

मंगलवार, कार्तिक ४ गते २०७७

नेसन्स लिग: एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी

नेसन्स लिग: एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी

सूत्र न्यूज

२९ आश्विन २०७७
  • 101
    SHARES
  • नेसन्स लिग: एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी

    काठमाडौं- यूईएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ। क्रोएसियाको काक्सिमिर रंगशालामा बुधबार राति सम्पन्न खेलमा फ्रान्सले २–१ को जित निकालेको हो।

    फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले एकरएक गोल गरे। खेलको आठौं मिनेटमै फ्रान्सका मिडफिल्डर ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएको खेलमा दोस्रो गोलका लागि दोस्रो हाफसम्म कुर्न पर्‍यो।

    दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे। ६४औं मिनेटमा क्रोएसियाका निकालो व्लासिचले गोल गर्दै खेल बराबरीमा ल्याए।७९औं मिनेटमा लुकास डिग्नीको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।


    प्रकाशित :आश्विन २९, २०७७ बिहिवार - ०६:३५:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.