Logo

मंगलवार, कार्तिक ४ गते २०७७

कोरोनाले निम्त्याएका यी समस्याको समाधान कसरी होला ?

कोरोनाले निम्त्याएका यी समस्याको समाधान कसरी होला ?

सविना नेपाल

३० आश्विन २०७७
  • 473
    SHARES
  • कोरोनाले निम्त्याएका यी समस्याको  समाधान कसरी होला ?

    यतिबेला विश्व कोभिड–१९ को महामारीको चक्रब्युहमा फसिरहेको छ । यसै बिचमा शहरको एक कुनाबाट ‘म’ पात्रको कहानी सुरु हुन्छ । म एउटा साधारण किसान परिवारमा जन्मिएको मान्छे ।
    अभावभित्रको जिन्दगी के हो उसले आफ्नो परिवारबाट राम्ररी बुझिसकेको थियो ।

    अनेक सपना बोकेर सुन्दर र सुखी जीवनको कल्पना गर्दै काठमाडौंमा दिनरात मेहनत गरी दुई पैसा जम्मा गरेर आमा–बुबाको जीवन पहिले भन्दा अब कसरी सरल बनाउने भन्नेमा हर बखत घोटिइरहन्छ उसको मन ।

    अनेकौं समस्याका बाबजुत पनि आफ्नो लगनशीलताले गर्दा ब्याचलर सम्मको अध्ययन पूरा गर्दछ । जागिरको तनाब, आमा–बुबाको स्वास्थ्य समस्या र अल्झिएका आर्थिक कठिनाइको चटारोमा फस्दै जान्छ ‘म’ पात्र ।

    जागिरको लागि आवेदन नदिएको पनि होइन, दिनमा पन्ध्र ओटा कार्यालयसम्म नधाएको पनि होइन । तर, जागिरको योग्य हुनको लागि कि त ठाउँमा आफ्ना मान्छे हुनुपर्दो रहेछ कि त भने मोटो रकम पेश्कीस्वरुप अग्रीम बुझाउनुर्ने रहेछ । निराश हुँदै ऊ कोठामा फर्कन्छ र लामो सुस्केरा हाल्दै झ्यालबाट बाहिर हेर्छ ।

    बर्षातको समय सिमसिम पानी परिरहेकै छ । झ्यालभन्दा बाहिर पारिजातको बोट छ । पारिजातको पातबाट तप्पतप्प पानीका थोपा खसिरहेको हेर्दै टोलाउँछ र सोच्न थाल्छ । ‘कि विदेश जाउँ त एकपटक, बुबाको काँधमा भएको ऋण पनि तिरिन्छ, आमाको गला कैयौँ बर्षदेखि बुच्चै छ, अँ साँच्ची ! सात बर्षअघि रामेसँग लिएको २० हजारको ब्याज मात्र १२ हजार पुगिसक्यो रे !

    दिनमा सत्रपटक ढोका घच्घच्याउन आइपुग्छ रे ! विदेश नै जानपर्छ क्याहो जे पर्ला ?’ करिब अढाइ घण्टाजति टोलाइसकेपछि यसो घडी हेर्छ, ‘ओहो ! १२ पो बजिसकेछ’, आफ्ना सोचाइलाई यथावत् राख्दै ऊ पल्टिन्छ र एकैछिनमा निन्द्रादेवीको शरणमा पुग्न जान्छ ।

    बिहान करिब ४ बजेको हुन्छ, एक्कासी उसका आँखा उघ्रन्छन्, यसो कोल्टे परेर झ्याल बाहिर हेर्छ । ‘अझै अँध्यारो छ, एकछिन त सुत्न पर्यो ।’ ऊ निदाउने कोसिस गर्छ तर उसका आँखा अगाडी बुबाको आँखाबाट झरेका बलिन्द्र आँसुका ढिक्काहरु झल्झली नाच्न थाल्दछन् ।

    ‘बाबु म मरिहालेँ भने पनि मैले भनेको जति ठाउँको ऋण नबिर्सि तिर्नु है, कसैको बेइमानी नगर्नु, इमान्दारिका साथ दिनुपर्ने ठाउँको पैसा चाहिँ दिइहाल्नु । फेरि बुढाले मर्नेबेला पनि छोरालाई केही नभनी मरेछ नर्कमा बास होस् भनेर मलाई लोकले सराप्ला आफ्नो इज्जतको ख्याल गर्नु है बाबु ।’

    बुबाले भनेका कुरा एकाएक गर्दै सम्झिन्छ र जुरुक्क उठेर एक गिलास पानी पिउँछ । खाटमा बसेर ऋणको हिसाब गर्न थाल्छ । जोडजाड गर्दा तिर्नुपर्ने रकम मात्र आठ लाख निस्किन्छ । उसलाई झन् छट्पटि हुन थाल्छ । ‘यत्रो पैसा कहाँबाट ल्याएर तिर्नु ? न त जागिर छ, न अन्त कतैबाट आउने बाटो छ, कसो पो गर्ने होला ?’

    ऊ अझै मौन भएर टोलाउँछ । सोच्दा सोच्दै ऊ विदेश नै जाने सोचमा पुग्दछ, चार पाँच बर्ष उतै बस्ने, महिनावारी तलब घरमा पठाउने अनि ऋण तिरिसकिन्छ अनि आरामले एकथोक गरेर जिन्दगी चलाउने, ऊ यस्तै यस्तै सोचमा हराउँछ ।

    कोरोनाले निम्त्याएको ‘म’ पात्रको दुःख एउटा प्रतिनिधि समस्या मात्र हो । यस्ता कयौं समस्याहरू छन्, जुन शब्दमा उतार्न अत्यन्तै कठिन छ । यसबारे सरकारको ध्यानाकर्षण होस्, यहि कामना । सुरक्षित रहौं । सजग रहौं ।

    'तर बिदेश जानै पनि त पैसा त एक डेढ लाख नभइ पुग्दैन, कहाँ खोज्ने तेत्रो पैसा ? अहो ! त्यति पैसा यहिँ देशमै केही लगानी गर्न सकियो भने त किन जान प¥यो विदेश, होस् जान्न ।’ धेरैबेर सोचेपछि उसले अलिकति ऋण लिएर आफ्नै सानो ठेलागाडा किनेर तरकारी व्यापार गर्ने सोच बनाउँछ ।

    भोलिपल्ट बिहानै मिर्मिरेमा ऊ गाडा बुझ्नको लागि जान्छ, ठिकै खाले गुड्ने एक गाडा भाडामा लिने चाँजोपाँजो मिलाउँछ र अर्को दिनबाट गाडामा तरकारी राखेर गुडाउँदै घरघर पु¥याउने सोच बनाउँछ । यसैगरी उसले आफ्नै व्यापार सुरु गर्दछ ।

    दिन, हप्ता र महिना बित्दै जान्छ । धेरथोर आम्दानी हुन थाल्छ । यसैगरी ‘म’ पात्रको दिनचर्या सामान्य बन्दै जान्छ । दोस्रो महिना नबित्दै गाउँमा बुबाको नामको ऋण तिर्नको लागि थोरै–थोरै गरी पैसा पठाउन सुरु गर्छ । एउटा सानो टुकटुके मोबाइल छ ऊ सँग ।

    पल्लाघरे रामशरणलाई फोन गरेर आमासँग कुरा गराइदिनको लागि भन्छ । आमा पनि खुसी हँुदै फोनमा बोल्नको लागि हतारिँदै आउँछिन् र सोध्छिन् ‘तरकारी साउजी भाको छस् रे ! नि हो ?’ यताबाट ‘म’ पात्र बोल्छ ‘हो नि बुढीमाउ, अब केही बर्ष पर्ख न, यत्रो सुनको तिलहरी बनाएर लाइदिउँला अनि झन् मख्ख परौली ।’ एकैछिनको संवादपछि कुराकानी टुंगिन्छ ।

    करिब तीन महिनाको व्यापार पछि देशमा कोरोनाको महामारी फैलिएको समाचार उसको कानमा पर्छ, अब सबै व्यापार–व्यबसाय बन्द गरेर घरमै बस्नु पर्ने रे ! अहो ! बल्ल त अलिकति कमाई हुन थालेको थियो, अब के होला ?

    कहिलेसम्म होला यो रोगको महामारी ?’ उता ठेलागाडाको पैसा पनि तिर्न बाँकी नै छ, केही गर्न सकिएला कि भनेर ऋणमा व्यवसाय सुरु त गरियो अब पो गाह्रो पर्ने भयो । तैपनि रोगभन्दा ठूलो केही हैन बिस्तारै सबै ठिक होला नि त भनेर मन बलियो बनाएर ‘म’ पात्र आफ्नो चित्त बुझाउँछ ।

    ६ महिना बित्न लागिसक्यो काम नभएर कोठामै बसेको, रोग व्यापकरूपमा फैलेको फैलै, अब त छाक टार्न पनि गाह्रो हुन थालिसक्यो । उता गाउँमा बुबाको ऋण, यता ठेलागाडा/ढक तराजु किनेको पैसा पनि तिर्न बाँकी । साहुले सधैं फोन गरेर हैरान पार्न लागे पछि जे सुकै होस् भनेर छ महिना पछि गाडा निकालेर तरकारी राखेर निस्केको मात्र हुन्छ पुलिसको भ्यान आएर उसको ढक तराजुसहित गाडा नै उठाएर लग्दिन्छ ।

    अब ऊ सँग अहिले केही छैन, छ त केबल कहिल्यै तिरि नसकिने ऋण र मानसिक तनाब । आमा दमको रोगी, बुबा पिरैपिरले बचेको एकमुट्ठी सासको भर, यता उसको यो गति । कोरोनाले निम्त्याएको यो एउटा प्रतिनिधि समस्या मात्र हो । यस्ता कयौं समस्याहरू छन्, जुन शब्दमा उतार्न अत्यन्तै कठिन छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्, यहि कामना । सुरक्षित रहौं । सजग रहौं ।


    प्रकाशित :आश्विन ३०, २०७७ शुक्रवार - १४:०५:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.