Logo

मंगलवार, कार्तिक ४ गते २०७७

वीरगञ्जको एउटा अपार्टमेन्टबाट १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद

वीरगञ्जको एउटा अपार्टमेन्टबाट १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद

सूत्र न्यूज

१ कार्तिक २०७७
  • 120
    SHARES
  • वीरगञ्जको एउटा अपार्टमेन्टबाट १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद

    पर्सा– वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले शनिबार १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो।

    भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन।

    जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताए।

    सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ।


    प्रकाशित :कार्तिक १, २०७७ शनिवार - २०:२७:५५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.