Logo

आइतवार, कार्तिक ९ गते २०७७

एउटै नगरपालिकाका ११ भवन एकैदिन उद्घाटन

एउटै नगरपालिकाका ११ भवन एकैदिन उद्घाटन

सूत्र न्यूज

२ कार्तिक २०७७
  • 119
    SHARES
  • एउटै नगरपालिकाका ११ भवन एकैदिन उद्घाटन

    कैलाली–कैलालीको टीकापुर नगरपालिकाले एकै दिन ११ नयाँ भवन उद्घाटन गरेको छ। पछिल्ला दुई वर्षयता भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएको नगरपालिकाले शनिबार दुई वडा कार्यलय भवन, एउटा सहरी स्वास्थ्य केन्द्र र कुन्ती टोलको दलित बस्तीका आठवटा घर उद्घाटनसहित हस्तान्तरण गरेको हो । नगरपालिकाले आफ्नै कार्यालय नभएका वडा, सहरी स्वास्थ्य केन्द्रका भवन निर्माणलाई प्राथमिकता दिएर निर्माण गरेको हो ।

    वडा कार्यालय भवन ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत जिल्ला समन्वय समिति कैलालीको साझेदारीमा निर्माण गरिएका हुन् भने सहरी स्वास्थ्य केन्द्र संघीय सरकारको सशर्त अनुदानबाट निर्माण गरिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए। यस्तै कुन्ती टोलको दलित बस्तीमा निर्माण गरिएका आठ घर तराई–मधेस समृद्धि कार्यक्रम र टीकापुर नगरपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएका हुन् ।

    यी सबै संरचना रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएका इञ्जीनियर नवराज जोशीले जानकारी दिए। ‘यी सबै संचरनाको रकम जोड्दा रु दुई करोड खर्च भएको छ’, जोशीले भने, ‘भवन निर्माणकार्य समयमै सम्पन्न भएका छन्।’

    नवनिर्मित संरचनाको उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रावलले अब टीकापुर नगरपालिकामा १ नं बाहेकका सबै वडा आफ्नै भवनबाट सञ्चालन भएको बताए। नगरप्रमुख रावलले आफ्नै भवन भएर पनि साँघुरो भएर गुजारा गरिरहेका केही स्वास्थ्य संस्थाका भवन निर्माणाधीन अवस्थामा रहेको बताए। ‘नगरपालिकाले भवन निर्माणपछि आवश्यक सामग्री, घेरा पर्खालजस्ता संरचनासमेत बनाउनेछ’, रावलले भने, ‘यी सबै संरचना बनाउनुको एउटै उद्देश्य नागरिकलाई सेवा प्रवाहमा सहजता होस् भन्ने हो । कार्यालय भवन सार्ने झण्झट पनि अन्त्य हुने भएको छ।’ रासस


    प्रकाशित :कार्तिक २, २०७७ आइतवार - ०८:४२:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.