Logo

आइतवार, कार्तिक ९ गते २०७७

दसैंका यात्रु सवार गाडी उदयपुरको भीरबाट खस्दा पाँचको मृत्यु, तीन घाइते

दसैंका यात्रु सवार गाडी उदयपुरको भीरबाट खस्दा पाँचको मृत्यु, तीन घाइते

सूत्र न्यूज

२ कार्तिक २०७७
  • 118
    SHARES
  • दसैंका यात्रु सवार गाडी उदयपुरको भीरबाट खस्दा पाँचको मृत्यु, तीन घाइते

    विराटनगर– सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    शनिबार राति भिरबाट स्करपियो जिप खस्दा तीनजना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ ।

    भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए। गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

    दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्की रहेका छन्। मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।

    दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।

    घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

    'ब्रेक फेल' भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

    गाडीमा सवार सबै भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए।


    प्रकाशित :कार्तिक २, २०७७ आइतवार - ०९:१४:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.