Logo

बुधवार, माघ ७ गते २०७७

टोखामा छुराले हानेर गोरखाका आशिष मगरको हत्या

टोखामा छुराले हानेर गोरखाका आशिष मगरको हत्या

सूत्र न्यूज

१४ कार्तिक २०७७
  • 613
    SHARES
  • टोखामा छुराले हानेर गोरखाका आशिष मगरको  हत्या
    सांकेतिक फाेटाे

    काठमाडौं- काठमाडौंको टोखा नगरपालिका-५, धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ ।  गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो । 

    धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए ।  


    प्रकाशित :कार्तिक १४, २०७७ शुक्रवार - १९:५५:११

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.