Logo

आइतवार, माघ ११ गते २०७७

तिहारको महत्वपूर्ण दिन आज भाइटीका, उत्तम साइत ११:३७ बजे

तिहारको महत्वपूर्ण दिन आज भाइटीका, उत्तम साइत ११:३७ बजे

सूत्र न्यूज

१ मंसिर २०७७
  • 1.0K
    SHARES
  • तिहारको महत्वपूर्ण दिन आज भाइटीका,  उत्तम साइत ११:३७ बजे

    काठमाडौं- तिहारको महत्वपूर्ण दिन आज भाइटीका हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । आज मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

    राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । आजकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

    शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि आज नै मनाइन्छ । भोलि बिहान ७ः ०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले आज नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही समूहले भने मंसिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।

     


    प्रकाशित :मंसिर १, २०७७ सोमवार - ०६:१९:११

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.