Logo

आइतवार, मंसिर २१ गते २०७७

  • TRENDING NOW :

कोरोनाबाट भारतमा थप ८ नेपालीको निधन

कोरोनाबाट भारतमा थप ८ नेपालीको निधन

सूत्र न्यूज

३० कार्तिक २०७७
  • 220
    SHARES
  • कोरोनाबाट भारतमा थप ८ नेपालीको निधन

    काठमाडौं- कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

    संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

    यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन् ।


    प्रकाशित :कार्तिक ३०, २०७७ आइतवार - १०:२३:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.