Logo

आइतवार, मंसिर २१ गते २०७७

  • TRENDING NOW :

मानहुँमा छायांकन गरिएको ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)

मानहुँमा छायांकन गरिएको ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)

सूत्र न्यूज

१ मंसिर २०७७
  • 213
    SHARES
  • मानहुँमा छायांकन गरिएको ‘आर्या’ को गीत सार्वजनिक (भिडियो)

    काठमाडौं- यतिबेला दमौलीको मानहुँ आन्तरिक पर्यटनका दृष्टिले परिचित छ । सो स्थानमा छायांकन गरिएको नेपाली कथानक चलचित्र 'आर्या' को गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् (१ मंसिर) आज सार्वजनिक गरिएको छ ।

    तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण गरिएको चलचित्र 'आर्या' मुलुकमा लकडाउनका कारण प्रदर्शन हुन सकेको थिएन । प्रसिद्ध गायिका मेलिना राईको स्वर रहेको यस गीतमा प्रसिद्ध नृत्य निर्देशक कविराज गहतराजको नृत्य निर्देशन, संगीतकार राम सिटौलाको संगीत, गीतकार लक्ष्मण सिटौलाको शब्द रहेको छ भने यस चलचित्रलाई उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन् ।

    नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झन्डाको व्यापक प्रयोग गरि छायांकन गरिएको छ । गीतमा तनहुँको मानहुँको मनोरम दृश्य दृश्यांकन गरिएको छ । गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुले अभिनय गरेका छन् ।

     


    प्रकाशित :मंसिर १, २०७७ सोमवार - १८:१८:५०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.