Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

सूत्र न्यूज

४ मंसिर २०७७
  • 195
    SHARES
  • छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् । 

    राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।

    राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमणमा पनि गएकी थिइनन् ।  


    प्रकाशित :मंसिर ४, २०७७ बिहिवार - १७:५३:३६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.