Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

एम्बाप्पेले गोल गरे पनि पिएसजीको हार

एम्बाप्पेले गोल गरे पनि पिएसजीको हार

सूत्र न्यूज

६ मंसिर २०७७
  • 125
    SHARES
  • एम्बाप्पेले गोल गरे पनि पिएसजीको  हार
    फाइल तस्बिर

    एजेन्सी- केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पिएसजी मोनाकोसँग स्तब्ध भएको छ । १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पिएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे ।

     पिएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् । मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोलीले खेलको २५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अगता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

    ४४औं मिनेटमा पनि एमबाप्पेले गोल गरे । तर, अफसाइडका कारण गोलले मान्यता पाएन । दुई गोलले पछि परेको मोनाकोले दोस्रो हाफमा खेल उल्ट्यायो । उसले ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किने संकेत दियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

    ८३औं मिनेटमा पिएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गरे । सोक्रममा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो । पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित निश्चित गरे ।

    मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पिएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - ०७:४४:०२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.