Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

विप्लव समूहका दुई कार्यकर्ता ललितपुरबाट पक्राउ

विप्लव समूहका दुई कार्यकर्ता ललितपुरबाट पक्राउ

सूत्र न्यूज

६ मंसिर २०७७
  • 129
    SHARES
  • विप्लव समूहका दुई कार्यकर्ता ललितपुरबाट पक्राउ

    ललितपुर- प्रहरीले ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ गरेको छ । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका-३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल रहेका छन् ।

    प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - १२:३१:०५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.