Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

सूत्र न्यूज

६ मंसिर २०७७
  • 201
    SHARES
  • काठमाडौं महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

    काठमाडौं- काठमाडौं महानगरपालिकाले भोलिदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गर्ने भएको छ ।

    सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरि सूचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । 

    शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलि देखि पुनः स्वाब संकलनको कार्य सूचारु गर्न लागिएको बताएका हुन् । 


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - १४:४१:१७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.