Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो, दर्जनौं घाइते

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो, दर्जनौं घाइते

सूत्र न्यूज

६ मंसिर २०७७
  • 181
    SHARES
  • काबुल रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ८ पुग्यो, दर्जनौं घाइते

    एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको संख्या ८ पुगेको छ ।

    अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

    अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - २०:१६:०१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.