Logo

आइतवार, माघ ११ गते २०७७

श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान पक्राउ

सूत्र न्यूज

१० मंसिर २०७७
  • 556
    SHARES
  • श्रीमतीलाई जबरजस्ती करणी  गर्ने  श्रीमान पक्राउ

    बर्दिया- श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

    ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिटसमेत गरी जबरजस्ती करणी गरेको भन्ने सूचना पाएर प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । पुरुषलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    प्रकाशित :मंसिर १०, २०७७ बुधवार - १८:२४:१३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.