Logo

आइतवार, माघ ११ गते २०७७

६ सयले घट्यो सुनको भाउ

६ सयले घट्यो सुनको भाउ

सूत्र न्यूज

१४ मंसिर २०७७
  • 370
    SHARES
  • ६ सयले घट्यो सुनको भाउ

    काठमाडौं- नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको भाउ तोलामा क्रमशः ६ सय र १५ रुपैयाँले घटेको हो ।

    गत शुक्रबार ९१ हजार ३ सयमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, गत शुक्रबार तेजावी सुन ९० हजार ८ सयमा कारोबार भएकामा आइतबार ९० हजार २ सयमा झरेको छ ।

    महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार १ सय ६५ रुपैयाँ थियो ।


    प्रकाशित :मंसिर १४, २०७७ आइतवार - १३:४७:०९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.