Logo

आइतवार, माघ ११ गते २०७७

भैरहवामा ‘शम्भुजित बाँस्कोटा साँझ’ हुँदै

भैरहवामा ‘शम्भुजित बाँस्कोटा साँझ’ हुँदै

सूत्र न्यूज

२४ पौष २०७७
  • 119
    SHARES
  • भैरहवामा ‘शम्भुजित बाँस्कोटा साँझ’ हुँदै

    सिद्धार्थनगर- जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायक-गायिका तथा संगीतकारको टोली भैरहवा आइपुगेको छ ।

    गायक तथा संगीतकार बाँस्कोटाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा सबैलाई चुल्है निम्तो दिए ।

    'हाम्रो टिम'को प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए ।

    बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताए ।


    प्रकाशित :पौष २४, २०७७ शुक्रवार - १४:२९:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.