Logo

शनिवार, माघ ३ गते २०७७

पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि

सूत्र न्यूज

२६ पौष २०७७
  • 100
    SHARES
  • पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा तीन हजार तीन सय ९९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार गत २४ घण्टामा ५१३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हाल ४ हजार ७२२ जना सक्रिय संक्रमित रहेको 

    त्यसैगरी हालसम्म संक्रमणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको गौतमले जानकारी दिए ।

    काठमाडौंसहित उपत्यकाको तीन जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९९ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ९ जना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।

     


    प्रकाशित :पौष २६, २०७७ आइतवार - १६:२८:३३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.